घोराही ,२७ चैत
सामाजिक बिकास डिभिजन कार्यालयले घोराहीमा दलित र गैरदलित बिचमा अन्तरघुलन गराएको छ ।
दलित समुदाय र गैरदलितलाई एउटै कार्यक्रममा सहभागि गराई अन्तरघुलन गराएको हो । २० जना दलित र २० जनालाई गैरदलितलाई मानव अधिकार संरक्षण ,छुवाछुत तथा जातिय भेदभाव बिरुद्ध सचेतना कार्यक्रम गरिएको सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले जानकारी दिनुभयो । मानव अधिकार,अन्तराष्ट्रिय घोषणा पत्र,नेपालमा छुवाछुत तथा जातिय भेदभाव बिरुद्ध नेपालमा बनेका संबैधानिक ब्यबस्था र जातिय छुवाछुत तथा भेदभाव बिरुद्ध बनेको ऐनका बारेमा जानकारी गराइएको थियो ।
घोराही उपमहानगरपालिका वडा नम्वर १५ को संयोजनमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रमा डिभिजन कार्यालयका प्रमुख गिरीराज पाण्डेको अध्यक्षता एवम घोराही उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै वडा अध्यक्ष पाण्डेले नेपालमा कानुन बने पनि कार्यान्वयन हुन नसकिरहेको बताउनुभयो । यसका लागि कानुन कार्यान्वयन गर्ने पक्षले गराउनुपर्नेमा जोड दिनुभयो । समाजमा चेतनाको कमिका कारणले पनि जातिय छुवाछुत तथा भेदभाव हटन नसकेको उहाँको भनाई छ । सो अवसरमा वडा नम्वर १५ का वडा सचिव शान्ता भण्डारी, वडा सदस्य लेखनाथ बुढाथोकी,डिभिजनका लेखा अधिकृत सुरजबहादुर बुढााथोकीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका पोखर केसीले गर्नुभएको थियो ।
तालिमको स्रोत ब्यक्तिको रुपमा मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत र दलित अधिकारकर्मी निर्मल नेपालीले गर्नुभएको थियो

