ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाण्डौ,चैत २२

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान भएको हो ।
नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय आउँदो २७ गतेसम्मलाई दिइएको छ । यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गएको फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ।
केन्द्रमा नयाँ सत्ता समिकरणसँगै सत्तारुढ पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णालीमा एमालेले, बाग्मती र लुम्बिनीमा माओवादीले, सुदूरपश्चिममा एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *