क्षमता भन्दा बढि यात्रुमा सडकको अबस्था बेहाल

By Sushil Basnet ३ कार्तिक २०८०, शुक्रबार ०७:४८ ३ कार्तिक २०८०, शुक्रबार ०७:४८ ३ कार्तिक २०८०, शुक्रबार ०७:४८

सल्यान,३ असोज

दाङ सल्यान सडक खण्डमा सवारी साधन भगवान भरोसेमा चलेका छन् । यात्रुहरूले बर्सेनि बाटोमा सास्ती व्यहोर्नु पर्ने बाध्यता मात्र होइन, ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ ।
मर्मत नगरिएका सडक, कालोपत्रे उप्कीएर खाल्डो बनेको,साँघुरा र कच्ची सडकमा यातायातका साधन चलाउनु निकै सास्ती छ । त्यसमा पनि सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु बोक्ने लगायत कारणले ती सडकमा भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ ।
प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुने गरेको छ । जसका कारण दुर्घटना बढ्ने गरेको देखिन्छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणले चाडपर्वका बेला दुर्घटना बढेको देखिन्छ । दाङदेखि कपुरकोट सम्मको सडकको हालत असाध्यै खराव छ । सल्यानकै एकिकृत समाजबादी पार्टीका नेता प्रकास ज्वाला भौतिक पूर्वाधार अर्थात सडकको जिम्वारी लिएका मन्त्री हुनुहुन्छ । तर पनि आफ्नै जिल्लाको सडकको सुधार समेत हुन लामोसमयदेखि हुन नसक्दा यात्रुहरुले आक्रोस पोख्दै आएका छन् ।
प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएर सुरक्षा योजना तयार पारेको छ ।
चाडपर्वको समयमा सडक दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, विष्फोटन, तस्करी, र ट्राफिक नियम उल्लङ्घन लगायतका क्रियाकलाप हुन सक्ने प्रहरीको विश्लेषण छ । कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *