भालुवाङ,३ असोज
लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी राप्ती उपत्यकका क्षेत्रमा यसअघि रोक्का गरिएको जमिन फुकुवा गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनको आयोजना गरि सरकारका प्रबक्ता एवम प्रदेश गृहमन्त्री सन्तोष पाण्डेले राप्ती गाउँपालिका ९ वटै वडाहरु,गढवा गाउपालिकाका १,२ र ३ वडा र शितगङ्गा नगरपालिका का ८ र ९ वडाका प्रदेश सरकारले फुकुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सरकारले बिगत ३ बर्ष भन्दा बढि समय सम्म राजधानी निर्माण प्रयोजन का लागि भन्दै स्थानीय हरुको निजि जग्गा किनबेच मा रोक्का लगाएकाके थियो ।
जग्गा फुकुवाको खवर सँगै राप्ती उपत्यकका क्षेत्रका आम जग्गाधनी सर्वसाधारण हर्षित भएका छन ।