थपिए गाडी तर चाप बढदो

By Sushil Basnet ३ कार्तिक २०८०, शुक्रबार ०७:४६ ३ कार्तिक २०८०, शुक्रबार ०७:४६ ३ कार्तिक २०८०, शुक्रबार ०७:४६

३ असोज

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन घर फर्किन थालेपछि बसपार्क क्षेत्रमा घुइँचो बढेको छ । देशका बिभिन्न स्थानबाट दशैमनाउन घर फर्कनेहरुको भिड बसपार्क क्षेत्रमा बढि देखिन्छ । सीमाबर्ती क्षेत्रमा भने भारतमा रहेका नेपालीहरू घर फर्कने क्रम दैनिक बढ्दो छ ।
भारतका कतिपय ठाउँबाट दाङ, कपिलवस्तु र बुटवल लगायतमा सिधा बस सेवा चल्ने गरेकाले ती बसमा पनि नेपालीहरू भित्रिएका छन् । धेरैजसोले परिवारका लागि लत्ताकपडा र घरायसी सामान ल्याउँछन् । योभन्दा बढी त उनीहरू आफ्नो र परिवारको खुसी बनेर आउँछन् ।
झण्डै ३ बर्ष सम्म कोभिडका कारण धेरै चहलपहल हुन नसेको गाँउघर यसपालि भने निकै चहलपहल छ । थारु समुदायमा करिव एक महिनादेखि मादल र भाका गुन्जन थालि सकेका छन् ।
मान्यजन र आफ्न्तबाट टीका लगाउन र आशीर्वाद लिन समयको ब्यबस्थापन गरि आउने क्रम बढेकाले क्यू फ्रि गरिएका सार्वजनिक सवारी साधनको अपुग भएको छ । टिकट लिनेको घुईचो छ । बदमासी गर्नेको संख्या पनि कमि छ्रन । एउटा सीट दुई जनालाई बिक्रि गरेको समेत पाईएको छ । त्यस्तालाई कारबाही गरिनुपर्ने माग यात्रुले गर्दै आएका छन् । कारबार्ही हुन्छ भन्ने सुनेका यात्रुका लागि ती बदमासी गर्ने सवारी चालक र कर्मचारीलाई के कारबाही भयो भन्ने जानकारी भने हुने नगरेको गुनासो छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *