सुशील बस्नेत
तुलसीपुर,१६ चैत
शिक्षालाई सीपसँग जोड्ने उदेश्यका साथ दाङ भ्याली मा.बि. तुलसीपुरले बार्षिक कार्ययोजना अनुसार शिक्षण क्रियाकलपासँग जोडेर बिबिध किसिमका गतिबिधि गर्दै आईरहेको छ ।
गत फागुन २७ गतेदेखि शुरु गरिएको दुई हप्ते ग्राहस्थ बिद्युतिकरण तालिम हालै सम्पन्न गरिएको बिद्यालयका प्रधानाध्यापक शिला अर्यालले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना बिद्यार्थीले नि ःशुल्क तालिम लिएका थिए ।
पढदै कमाउदै कार्यक्रमलाई लागु गर्ने उदेश्यले पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप अघि बढाईएको छ । बिद्यार्थीको ईच्छा क्षमता अनुसार थुपै्र बिद्यार्थीलाई स्थानीय बजारका बिभिन्न क्षेत्रमा बिद्यालयको पहलमा रोजगारसँग जोडिरहेको कुरा कार्यक्रमका प्रमुख सल्लाहकार तिलक साहुले जानकारी दिनुभयो ।
यसअघि अन्यत्र लामो अवधिको तालिम प्राप्त गरि प्रमाणपत्र समेत रहेको तर प्रयोगात्मक गर्न नपाएकोले प्रभाबकारी हुन नसकेको कक्षा १२को ब्यबस्थापन संकायमा अध्ययनर बिद्यार्थी सर्जन बिक्रम परियाले बताउनुभयो । तर यस बिद्यालयले सञ्चालन गरेको दुई हप्ते वायरिङ तालिमले अव भने काम गर्न सक्ने सीप प्राप्त गर्नुका साथै आत्मवल बढेको परियारले बताउनुभयो । तालिम प्राप्त गरेको सीपलाई आफ्नो कक्षाकोठामा बिग्रेको बिद्युतलाई समेत मर्मत गरेका छन् भने यसलाई निरन्तर दिएमा ब्यबसायिकरुपमा बिकास गर्न सकिने प्रशिक्षक प्रेम शर्माले बताउनुभयो ।
यसका अतिरिक्त बिद्यालयले अभिभावक अन्तरक्रिया,बिद्यार्थीका लागि योग प्रशिक्षण लगायत थुप्रै परियोजना कार्य गर्दै आएको कुरा अभिभावक सुशील खनालले बताउनुभयो ।

