ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

गाईघाट , १ चैत

उदपुरमा जिप दुर्घटना हुदा कम्तिमा ६ जनाको मृत्यु भएको छ धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

को१ज २५९३ नम्बरको जीप बिहीबार उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *