ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

तीन वटा प्रदेशका प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिस

काठमाडौं,फागुन २८

नयाँ गठबन्धन भएसगै सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । त्यस्तै उहाहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिससमेत गरिएको छ । उहाका अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको हो। सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघ र प्रदेशबीच आवश्यक समन्वयका लागि पदमुक्त गरिएको बताउनुभयो। प्रदेश र संघबीच आवश्यक समन्वय हुन जरुरी रहेको संघिय सरकारले जनाएको छ। प्रदेशहरूमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने काम भइरहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *