महामन्त्रीद्धय गगन र विश्वप्रकाशको प्रस्तावका कतिपय कुरामा देउवाको आपत्ति

काठमाडौं, फागुन ६

नेपाली कांग्रेसका महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा छलफलका लागि पेश गर्न तयार पारेको प्रस्तावका कतिपय कुरामा सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनुभएको छ।

सभापति देउवाले महामन्त्रीद्वयले तयार पारेका प्रतिवेदनमा गठबन्धनका कुरा र कोशी प्रदेशमा मुख्यमन्त्री चयनका बेलाका घटनाक्रम समेटिएकोमा सभापति देउवाले यस्ता कुरा प्रस्तावबाट हटाउन अडान राख्नुभएको हो ।

सभापति देउवाले प्रस्तावका कुरा र कतिपय सन्दर्भमा भाषाका समेत कुरा उठाएपछि प्रस्ताव छपाइका लागि पेशमा दिन ढिलाइ भएको छ। महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पार्नुभएको थियो ।
महामन्त्रीका प्रस्तावका कतिपय कुरामा आपत्ति जनाएका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावबारे भने केही भन्नुभएको छैनन्। त्यसैले उपसभापति खड्काले तयार पारेको प्रस्ताव छपाइका लागि प्रेसमा दिइसकिएको छ।

‘उपसभापतिको प्रस्ताव छपाइका लागि प्रेसमा दिइसकिएको छ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, ‘महामन्त्रीद्वयको प्रस्ताव प्रेसमा दिन अलि ढिलाइ हुनेजस्तो देखिन्छ।’
सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ। सभापति देउवाले बैठक उद्घाटन गदैहुनुहन्छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई निवास बूढानिलकण्ठमा बोलाएर आइतबार बिहान प्रस्तावका कतिपय सन्दर्भ र भाषामा आफ्नो फरक मत रहेको बताउनुभएको हो ।
‘महामन्त्री थापाको प्रस्तावमा अबदेखि चुनावमा गठबन्धन नगर्ने, कांग्रेसी मतदातालाई रूखबाहेक अरू चुनाव चिन्हमा मत हाल्न नदिने अवस्था सिर्जना गर्ने कुरा समेटेकोमा सभापति देउवाले यो कुरा अहिले नै किन भनिराख्नुपर्‍यो भन्दै आपत्ति जनाउनुभयो,’ काग्रेस स्रोतले बताएको छ । अर्का महामन्त्री शर्माको प्रस्तावमा कोशीमा मुख्यमन्त्री चयन गर्दाका राजनीतिक घटनाक्रमका सन्दर्भ किन राखिराख्न पर्‍यो भन्ने सभापतिको चासो रह्यो।’
कोशीमा कांग्रेस नेता शेखर कोइरालानिकट केदार कार्कीले कांग्रेसका ८ र नेकपा ९एमाले० का ३९ सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेर नियुक्त हुनुभएको थियो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाबीच ३ बुँदे सहमति गर्दै कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने सहमति भएको थियो।
कांग्रेससहित सत्ता गठबन्धनको सहयोगमा अहिले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । गठबन्धनभित्र प्रचण्ड पछि नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी छ।

‘अबदेखि गठबन्धन नगर्ने भनेर महासमितिमै छलफल गर्दा त्‍यसको असर गठबन्धनमा परेर गठबन्धन टुट्न सक्छ भन्ने डर सभापति देउवालाई छ,’ स्रोत भन्छ, ‘त्यसैले उहाँले गठबन्धनका कुरा महामन्त्रीद्वयका प्रस्तावमा राख्न चाहनु भएको छैन।’
सभापति देउवाले आफूलाई अहसज लागेका कुरा प्रतिवेदनबाट हटाउन अडान लिएका छन् भने महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना र ग्राउण्ड रियालिटी भएकोले महासमितिमा छलफल हुनुपर्ने बताउनुभएको छ ।
उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माले महासमितिमा पेश गर्न तयार पारेको प्रस्ताव केन्द्रीय समितिमा पनि छलफल भएको थियो।
फागुन ३ र ४ गते केन्द्रीय सदस्यहरूले प्रस्तावमाथि बुँदागत रूपमा सुझावसमेत दिएका थिए। ती सुझावसमेत समेटेर महासमितिमा प्रस्ताव पेश गर्ने तयारी थियो।
केन्द्रीय समितिमा छलफल हुँदा केही पनि नभनेका सभापति देउवाले प्रेसमा पठाउने बेला भने महामन्त्रीद्वय थापा र शर्माका प्रस्तावका कतिपय सन्दर्भमा चासो राख्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *