काठमाडौं, फागुन ७
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ।
आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ।
‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरियो,’ महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो।
उहाकाअनुसार अभियानमा संसदमा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको छ। यस्तै आइतबारको बैठकले विभागमा उपप्रमुख र सदस्यहरू पनि मनोनीत गरेको छ।
केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा मनोनीत हुनुभएको छ । केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटी सदस्य थपिएको छ ।
केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल सदस्यलाई मनोनीत गरिएका प्रवक्तासमेत रहेका ढकालले जानकारी दिनुभयो ।
केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको पनि उहाले बताउनुभयो।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा सांसद लैजान लागेकमा रास्वपाले त्यसको सट्टा विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरेको छ।
‘सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरियो,’ ढकालले भन्नुभयो ।

