२८ माघ, चितवन ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाटको दर्शन गर्नुभएको छ ।
परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन गर्नुभएको हो ।
शाह डुंगा चढेर कालिगण्डकी पुग्नुभएको थियो । उहाको स्वागतमा ९ जना कन्याहरुले स्वस्ती वाचन गर्नुभएको थियो । पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गर्नुभएको थियो । २८ माघमा चितवन आएका शाह पटिहानीको सोल्टी होटलमा बस्नुभएको थियो भने मंगलबार भने सौराहा पुग्नुभएको थियो।
गत बर्ष पनि उहा पटिहानी आएर ८ दिन बस्नुभएको थियो । चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
आगामी फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ ।
३२ वटा कोठा बुक गरेकोले उहाका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने जनाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको दर्शन

