ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

सुशील बस्नेत
दाङ,२२ माघ

चेक अनादर मुद्धामा फरार ब्यक्ति पक्राउ परेका छन् । २ बर्ष कैद सजाय फैसला भई फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ नयाँबस्ती बस्ने ४५ बर्षिय उमेन्द्र बहादुर वलीलाई प्रहरीले खोजतलास गरिहेको थियो । २०७९ भदौ ६ गते दाङ देउखुरी जिल्ला अदालतबाट फैसला सुनाएका वली लुकिछिपि बसिरहेको अबस्थामा घोराही उपमहानगरपालिका वडा नम्वर १६ लेटारमा जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले फेला पारेको हो । सोमबार पक्राउ परेका वलीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता जनकबहादुर मल्लले जानकारी दिनुभयो । चेक वाउन्स सम्बन्धि कानुन बनेपछि पछिल्ला दिनमा कारोवारमा भएका यस्ता चेक वाउन्स सम्बन्धि कानुन बनेपछि पछिल्ला दिनमा कारोवारमा भएका यस्ता घटनामा संलग्न ब्यक्तिहरु कारर्बाहीमा पर्दै आएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *