माघ २०
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उपाधि जितेको छ। शनिबार भएको फाइन खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रोपटक उपाधि जितेको हो।
विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो।
पुलिसका लागि शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले। यस्तै आरिफ शेखले ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी सबै विकेट गुमाउँदै ४९।५ ओभरमा १८१ रन बनायो।
आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाएका थिए। तर, यो जितको लागि पर्याप्त हुन सकेन। तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाउनुभयो ।

