लक्ष्मण बस्नेत
कार्तिक १६ तुलसिपुर ।
दाङ तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसिपुर नगर स्तरिय वडा अध्यक्ष कप टि–२०क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ ।
तुलसिपुर उपमहानगरपालिकाका वडा न ११ आयोजनामा अमर माबी उरहरी खेल मैदानमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र गौरव जोडिएको खेल क्षेत्र सिङ्गो राष्ट्रको पहिचान भएको बताउनु भएकोछ । खेलकुद क्षेत्र राष्ट्रको पहिचान स्थापित गराउने एक दरिलो माध्यम हो यसको गरिमा लाई सदैव उच्च राख्न नितान्त आवश्यक छ उहाले भन्नुभयो ।
साथै उहाँले क्रीकेट प्रती युवाहरुको आकर्षण बढाउन स्थानिय स्तरका गतिबिधि लाई प्राथमिकतामा राखिएको बताउनुभयो । तुलसीपुर क्षेत्रका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको समेत उहाँले बताउनुभयो ।
उपमेयर स्यानी चौधरीले वडा स्तरमा हुने खेल गतिबिधिले खेलाडी उत्पादन गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । साथै खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल खेल्न आग्रह गर्नुभयो ।
नेपालले बिश्वसामू क्रिकेट खेलबाट उच्च सम्मान पाएको यो बखतमा वडा तहमा प्रतियोगीता आयोजना हुनुमा खेलाडी खुसी छन् ।
वडा अध्यक्ष रावतले युवा शसक्तीकरण बजेटबाट क्रिकेट प्रतियोगीता आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,यसले स्थानीय तहका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न मद्धत गर्ने छ ।
प्रतियोगिताको उद्घाटन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न ११ अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्य एवं उपमेयर स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको हो ।
वडा न ११ का सदस्य प्रभा परियारको स्वागत रहेको कार्यक्रमको संचालन वडा न ११ का सचिव पदम अधिकारीले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा न ११ र १२ बिजयी भएका छन् ।
वडा न ११ ले आफ्नो उद्घाटन खेलमा वडा न १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । तस्तै वडा न १२ ले वडा न ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत शुक्रबार बिहान पहिलो खेलमा वडा न ११ बि र वडा न ७ भिड्नेछन् ।त्यस्तै दोस्रो खेलमा वडा न १४ र वडा न १ भिड्ने आयोजकले जानकारी दिएकोछ ।
प्रतियोगिताको बिजेता, उपबिजेताले क्रमशः नगद २५ र १५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।
कार्तिक २० गते सम्म संचालन हुने प्रतियोगितामा तुलसिपुर नगरका ११ टिमको सहभागीता रहेकोछ ।