By Sushil Basnet २० माघ २०८०, शनिबार ०६:०२ २० माघ २०८०, शनिबार ०६:०२ २० माघ २०८०, शनिबार ०६:०२

दाङ,२० माघ
जिपको ठक्करबाट दाङमा शुक्रबार राति एक जना युवकको मृत्यु भएको छ । राप्ती गाउँपापलिका ५ दोलै खोला
स्थित पुर्व पश्चिम राजमार्गमा रोल्पाबाट लमही दाङ तर्फ जादै गरेको बा १८ च ८६१८
नं। को पिकअप जिपले दिशा नखुलेको लु ३२ प ७०१४ नं। को मोटरसाईकललाई ठक्कर दिदा
मोटरसाईकल चालक राप्ती गाँउपालिका ८ का सुनिल चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाईते भएका २७ बर्षिय चौधरी लाई उपचारको लागि लमही अस्पताल लमहीमा पठाईएको थियो । जिल्ला प्रहरी कार्यालय दाङ का अनुसार चेकचाजको क्रममा डाक्टरले राति ११ बजे मृत घोषणा गरेको थियो । जिप चालक जिल्ला रुपन्देही सुद्वोधन गाँृउपालिका वडा नम्वर २ का २४ बर्षिय आशबिन सुनारको दाहिने आँखामा चोट लागी घाईते भई थप उपचारको लागी आँखा अस्पताल भैरहवा रिफर गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *