शुक्रबार सम्म करिव ४ करोड आर्थिक सहयोग संकलन,आज शनिबार समापन

By Sushil basnet २० माघ २०८०, शनिबार ०१:१८ २० माघ २०८०, शनिबार ०१:१८ २० माघ २०८०, शनिबार ०१:१८

सुशील बस्नेत
तुलसीपुर,२० माघ
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को हलवारमा मानव सेवा आश्रम निर्माण गरिने उदेश्यले सञ्चालन गरीएको महायज्ञबाट झण्डै ४ करोड आर्थिक सहयोग प्राप्त भएको छ । छैठौ दिन शुक्रबार ८३ लाख ७ हजार ३ सय ६ रुपैया सहयोग प्राप्त भएको छ । बिहीबार सम्म २ करोड ९८ लाख ६० हजार ८७ रुपैया समेत गरी ३ करोड ८१ लाख ६७ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको हो ।
शुक्रबार ववई गाँउपालिकाले आश्रमको एउटा कोठा निर्माण गरिदिने प्रतिबद्धता प्राप्त भएको छ । आश्रमको १ कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया ,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ बाट आश्रमको १ कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया,वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह र भाई ललितजंग शाहबाट आश्रमको १ कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया, बिष्णुप्रसाद शर्मा बाट आश्रमको १ कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया योगदान प्राप्त भएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ बाट २ लाख ३१ हजार,वडा नम्वर १४ बाट २ लाख ११ हजार,वडा नम्वर १६ बाट १ लाख ७५ हजार , वडा नम्वर ३ बाट १ लाख ५१ हजार, वडा नम्वर २ बाट १ लाख ११ हजार, वडा नम्वर १८ बाट १ लाख ११ हजार,वडा नम्वर ८ बाट १ लाख ११ हजार, वडा नम्वर १ बाट १ लाख ११ हजार, वडा नम्वर १० बाट १ लाख ११ हजार र योगेश श्रेष्ठ बाट १ लाख १ हजार ५ सय रुपैया शुक्रबार सहयोग प्राप्त भएको छ ।
५ करोड रुपैया आर्थिक संकलन गर्ने उदेश्य र उक्त रकमले मानव सेवा आश्रम निमार्णार्थ गत माघ १३ गतेदेखि महायज्ञ तुलसीपुरको अरणीको मैदानमा शुरु भएको हो । आज शनिबार अपरान्ह् सम्म नियमित रुपमा कथा वाचन हुने छ भने सहयोग गर्ने दाताहरुले योगदान गर्न सक्ने छ । महायज्ञ शनिबार अपरान्ह् समापन गरिदैछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *