ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख बढि आर्थिक सहयोग

सुशील बस्नेत
तुलसीपुर,१८ माघ
बिहीबार दिउसो २ बजे सम्म मानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञमा साँढे झण्डै पौने ३ करोड भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ ।
छैठौ दिन बिहीबार ब्यक्तिगत रुपमा महायज्ञ मुल आयोजक समितिका संयोजक एवम उद्योगपति डिल्लीबहादुर बस्नेतले एक कोठा निर्माण अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया, महायज्ञ मुल आयोजक समितिका सल्लाहकार एवम ब्यबसायी उत्तमकुमार श्रेष्ठले अएक कोठा निर्माण अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया नगद र आगामी आर्थिक बर्ष देखि प्रत्येक बर्ष बार्षिक ६०हजार रुपैया मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गर्नुभयो । महायज्ञका सल्लाहकार एबम ब्यबसायि बलदेव शर्माबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैया, सल्लाहकार एवम उद्योगपति चिरिञ्जीबि रिजालबाट १ लाख २९ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड २३ लाख सहयोग गर्ने प्रतिबद्धता दिइएको छ ।
ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गरि सक्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *