महायज्ञको तेस्रो दिन मात्र झण्डै झण्डैे २० लाख आर्थिक संकलन,खडका परिवारबाट ५ लाख बढि
दाङ तुलसीपुर ,१५ माघ ।
मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञको तेस्रो दिन १९ लाख ८१ हजार ६८ ढ रुपैया आर्थिक संकलन भएको छ ।
सोमबार बिभिन्न ब्यक्तिहरुबाट गरि २० लाख बढि संकलन भएको मुल आयोजक समितिले जानकारी दिएको छ । तेस्रो दिन सम्म ब्यक्तिगत रुपमा सबैभन्दा बढी आर्थिक दान गर्नेमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नुभएको छ । तेस्रो दिन सोमबार आर्थिक सहयोग गर्नेको संख्या अन्य दिनको भन्दाबढि देखिएको छ । ब्यक्तिगत रुपमा तेस्रो दिन सम्म सबैभन्दा बढि रकम दान गर्ने दानबिर खड्का परिवारलाई मञ्चमा राखि सम्मान समेत गरिएको छ ।
तुलसीपुर निवासी मीनराज वली र परिवारको तर्फबाट १ लाख १६ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ९ निवासी टिकाराम रेग्मी र परिवारले १ लाख ११ हजार १ सय ५५,तुलसीपुर निवासी नरेशकुमार राजभण्डारी र परिवारको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैया, हिमाल एकाडेमी स्कुल तुलसीपुरको तर्फबाट १ लाख २५ हजार ५ सय ५५ रुपैया,कुन्ति न्यूरे तथा परिवारको तर्फबाट ७५ हजार १ सय ७५,तुलसीपुर निवासी एकराज आचार्य र मिना आचार्यबाट ५६ हजार ६ सय ५६ रुपैया, धनबहादुर केसी र कौशिला केसीबाट ५५ हजार ५ सय ५५,टेकबहादुर डाँगी बैधबाट ५५ हजार ५ सय ५५,केशवराज खरेल ५५ हजार ५, आर्थिक सहयोग प्राप्त भएको छ ।
यसअघि आईतबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी हुनुहुन्थ्यो । उहाले ५५ हजार ५५ रुपैयाँ दान गर्नुभएको थियो । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।
महायज्ञ स्थल भरिभराउ
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन बिहानदेखि महायज्ञ कथाको श्रवण गर्नेहरुको संख्या अधिक देखियो । पारिलो घाम लागेका कारण घामको आनन्द लिदै गीताको कथा सुनेका छन् । भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला बेलामा नृत्य समेत गरेका देखिन्थ्ये । नृत्य गर्दै सबै थोक भुले झै आभाष हुने गरेको देखिन्थ्यो । प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् ।