दाङ, १५ माघ । दाङका २ उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना पुँजीगत खर्च २० प्रतिशत पनि गर्न सकेका छैनन् । चालु आर्थिक वर्षको आधा समय सकिँदा पनि उपमहानगरपालिकामा २० प्रतिशत पँुजीगत बजेट खर्च हुन सकेको छैन । आधा वर्ष बित्दा पनि पँुजीगत खर्च २० प्रतिशत नकट्नु कार्यान्वनको पाटो कमजोर देखिएको हो ।

घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च १३।२७ प्रतिशत मात्रै रहेको छ । उपमहानगरपालिकाको पुँजीगत बजेट कुल ९ करोड ६७ लाख ७ हजार रहेको थियो । जसमा पुस मसान्तसम्ममा ११ करोड ९० लाख ३ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ । जुन १३।२७ प्रतिशत खर्च हो । चालुतर्फ १ अर्ब २९ करोड २२ लाख ५ हजार बजेट रहेकोमा ५० करोड ७ लाख २२ हजार ३ सय ८ रुपैयाँ खर्च गरेको छ । जुन खर्च ३९।३६ प्रतिशत हो ।

उपमहानगरपालिकाको कुल बजेट २ अर्ब १ करोड ९ लाख ८३ हजार रहेको उपमहानगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको प्रतिवेदनका उल्लेख गरिएको छ । जसमा ६२ करोड ७७ लाख २५ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ । जुन खर्च २८।६७ प्रतिशत हो । उपमहानगरपालिकाको आन्तरिकतर्फ १ अर्ब ३७ करोड २ लाख ३ हजार बजेट रहेको थियो । जसमा पुस मसान्तसम्म ३१ करोड ९२ लाख २ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको छ । जुन खर्च २३।२९ प्रतिशत हो । चालुतर्फ ५७ करोड ३० लाख ५ हजार बजेट रहेको थियो । जसमा २ करोड २२ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको छ । जुन खर्च ३४।९४ प्रतिशत हो । पुँजीगततर्फ ७९ करोड ७२ लाख ७ हजार बजेट रहेको थियो । जसमा ११ करोड ९० लाख ३ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ । जुन खर्च १४।९३ प्रतिशत हो ।

प्रदेश सरकारतर्फको कुनै पनि बजेट खर्च हुन सकेको छैन् । प्रदेश सरकारअन्र्तगत चालु र पुँजीगत बजेट गरेर ४ करोड ७८ लाख ५० हजार बजेट रहेको थियो । संघीय सरकारतर्फको जम्मा ७६ करोड ५९ लाख बजेट रहेको थियो । जसमा पुस मसान्तसम्म ३० करोड ४ लाख ९७ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ । जुन खर्च ४०।२७ प्रतिशत हो । चालुतर्फ ७१ करोड २ लाख बजेट रहेको थियो । जसमा ३० करोड ४ लाख ९७ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ । जुन खर्च ४३।२ प्रतिशत हो । पुँजीगततर्फ ५ करोड ३१ लाख बजेट रहेको थियो । जसमा बजेट खर्च हुन सकेको छैन् ।

तुलसीपुरको पुँजीगत खर्च १८ प्रतिशत तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पँुजीगत खर्च १८ प्रतिशत गरेको छ । चालु आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकामा पुँजीगततर्फ ५८ करोड बजेट रहेको थियो । जसमा पुस मसान्तसम्ममा १० करोड खर्च भएको हो । जुन खर्च १८ प्रतिशत रहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । चालुतर्फ १ अर्ब २१ करोड बजेट रहेको थियो । जसमा ४५ करोड खर्च भएको छ । जुन खर्च ३७ प्रतिशत हो । उपमहानगरपालिकाको कुल बजेट १ अर्ब ७९ करोड रहेको थियो । जसमा पुस मसान्तसम्म ५५ करोड खर्च भएको छ । जुन खर्च ३१ प्रतिशत हो । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पुुस मसान्तसम्ममा कुल बजेटको २३ प्रतिशत मात्र बजेट खर्च गरेको थियो भने चालु आर्थिक वर्षमा ६ महिनामा ३१ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

उपमहानगरपालिकाका चालु आर्थिक वर्षका लागि १ सय ७४ वटा योजना रहेका थिए । जसमा ४० वटा सम्पन्न भइसकेको उपमहानगरपालिकाले जनाएको छ । त्यसै गरेर १ सय ७ वटा सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन् । भने २७ वटा सम्झौताको प्रक्रियामा रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *