ब्यक्तिगत सहयोगमा महायज्ञको तेस्रो दिन सम्म सबैभन्दा बढि खड्का परिवार

दाङ,१५ माघ ।
मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञको तेस्रो दिनको मध्यान्ह् १२ बजे सम्म ६ लाख बढि संकलन भएको छ । महायज्ञ संचालन भएको तेस्रो दिन सम्म ब्यक्तिगत रुपमा सबै भन्दा बढी खड्का दम्पत्तिले उपलब्ध गराएका छन् । तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडका ले एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गर्नुभएको छ । तेस्रो दिन आर्थिक सहयोग गर्नेको संख्या अन्य दिनको भन्दा बढि देखिएको छ । खड्का परिवारलाई मञ्चमा राखि सम्मान समेत गरिएको छ । तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गर्नुभएको छ । यसअघि आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी हुनुभएको छ । उहाले ५५ हजार ५५ रुपैयाँ दान गर्नुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन बिहानदेखि महायज्ञ कथाको श्रवण गर्नेहरुको संख्या अधिक देखियो । पारिलो घाम लागेका कारण घामको आनन्द लिदै गीताको कथा सुनेका छन् । भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला बेलामा नृत्य समेत गरेका देखिन्थ्ये । नृत्य गर्दै सबै थोक भुले झै आभाष हुने गरेको देखिन्थ्यो ।
बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *