ब्रेकिङ न्युज
Sat. Mar 14th, 2026

दाङ,१५ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन बिहानदेखि महायज्ञ कथाको श्रवण गर्नेहरुको संख्या अधिक देखियो । पारिलो घाम लागेका कारण घामको आनन्द लिदै गीताको कथा सुनेका छन् । भाष्कर कमलनयन गौतमको कथावाचन शैलीले धर्मालम्बीहरु आ आफ्नो स्थानबाट उठि बेला बेलामा नृत्य समेत गरेका देखिन्थ्ये । नृत्य गर्दै सबै थोक भुले झै आभाष हुने गरेको देखिन्थ्यो ।
बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।
आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *