९ वैशाख ।
बिबादमा तानिए पछी सुधन गुरुङ ले गृहमन्त्री पद बाट राजिनामा दिनुभएको छ | राजिनामा दिनु अघि रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।
प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो । स्वास्थ्य बीमा बोर्ड सदस्यको रुपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाउनु भएको थियो ।
सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरुको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिनुभएको थियो ।
मंगलबार सुधनले प्रधानमन्त्री बालेनसँग र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो अडान सुनाउनुभएको थियो |
दुईटा ‘माइक्रो इन्स्योरेन्स’मा गृहमन्त्री गुरुङले खरिद गरेको शेयर सम्पत्ति विवरणमा नदेखिएको, बरु उल्टै विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि बालेन सरकारमाथि सुशासनको गम्भीर प्रश्न उठेको थियो ।
सुरुमा गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिने कोसिस गरे । तर पार्टीले भने यो मुद्दामा कुनै बैठकको एजेन्डा बनाउने त के, सामान्य छलफल समेत गरेन ।
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्तिमा सयौं रोपनी जग्गा र ८९ तोला सुन देखौनुभएको थियो । गुरुङले दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर उल्लेख नगरेको र त्यसले कानुनी प्रश्न उठाएको थियो । उहाँले सोमबार स्पष्टीकरण दिँदै सेयर किन्ने स्रोत ऋण भएको दाबी गर्नुभएको थियो तर सम्पत्ति विवरणमा भने पैत्रिक सम्पत्ति, व्यवसाय र लगानीलाई स्रोत उल्लेख गर्नुभयो ।
उहाले त्यति धेरै सम्पत्ति व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेखे, स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गर्नुभएन ।
सार्वजनिक ओहदामा भएका गृहमन्त्री गुरुङले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगर्नुले उहामाथि नैतिक र कानुनी प्रश्न उठेको थियो ।
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर रहेको उल्लेख गर्नुभयो । जबकि, उनले ती सेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख गर्नुभएन ।
सुशासनको माग राखेर सुरु जेनजी आन्दोलनको अन्तिम घडीमा रहस्यमय ढंगले देखिएका, अनि शक्तिकेन्द्रहरुको धापमा निरन्तर अघि बढेका सुधन गुरुङ स्वयं नै अपारदर्शी सम्पत्तिहरुको खातमाथि बसेको सार्वजनिक भएसँगै राजीनामा आएको छ । उहाले नैतिकता देखाउँदै राजीनामा दिएको बताए पनि उहामाथि सरकारले चाहे थप अनुसन्धान गर्न सक्छ ।

