वैशाख ९ गते

गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र काठमाडौँका सीडीओसहित उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गर्नुभएको छ ।
छलफल साँझ ६ बजेदेखि सुरु भएर राति करिब ११ बजेसम्म चलेको थियो र छलफलको विषय खुलाइएको छैन। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखाको समस्या सुनाउन काठमाडौँका सीडीओलाई फोन गरी गृहमन्त्रालय पुगेको बताउनुभयो।
उहाहरूबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुग्नुभएको थियो । तर उहाले आफूले गृहमन्त्री व्यस्त भएकाले प्रशासनका कर्मचारी भेटेर निस्किएको सुनाउनुभयो ।
गोरखाको एक जनाको समस्या सुनाउन काठमाडौँका सीडीओलाई फोन गरेको र उहाले आफू गृहमन्त्रालय रहेको बताएपछि आफू यहीँ आएको दाबी गर्नुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *