वैशाख ११ गते कांग्रेसले संसदीय दल नेता चयन गर्ने,रास्वपाले स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा तयार पार्न विपिनलाई जिम्मेवारी

वैशाख ७

नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने गरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ। निर्वाचन समितिले आज चुनावी कार्यतालिका प्रकाशन गरेको हो।
जसअनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।

रास्वपाले दियो विपिन आचार्यलाई स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा तयार पार्न जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने निर्णय गरेको छ। यस्तै उम्मेदवार छनोट गर्न कार्यविधि नै तयार गर्ने गरी सहमहामन्त्री आचार्यलाई जिम्मेवारी दिएको हो।
आचार्यले यसअघि संघीय संसदको निर्वाचनमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्नुभएको थियो। त्यसलाई अझ परिस्किृत र वैज्ञानिक तुल्याउँदै गृहकार्य गर्नेगरी उहाले जिम्मेवारी पाउनुभएको हो । रास्वपाले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता, प्रारम्भिक निर्वाचन, यी पिलरका आधारमा उम्मेदवार छनोट गर्नेगर्छ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा भने रास्वपाले यो विधि अपनाएको थिएन। बालेन शाह समूहसँग एकता गरेर उम्मेदवार टुंग्याउनुपरेकोले पनि उम्मेदवार छनोटको रूपरेखा लागू भएको थिएन।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *