ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026


सुशील बस्नेत
दाङ,८ माघ
तुलसीपुर उद्योग बाणिज्य संघले बिभिन्न संघसंस्थालाई समेत आर्थिक सहयोग गर्ने उदेश्यले मेला सञ्चालन गर्ने भएको छ । संघका अध्यक्ष रामप्रसाद चालिसेले सोमबार तुलसीपुरमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्नुहुदै माघ २४ गतेदेखि फागुण ८ गते सम्म सञ्चालन हुने ब्यापारीक मेलाबाट संकलन भएको रकमले तुलसीपुर ४ बनहरीमा निर्माण हुन लागेको मानव सेवा आश्रमलाई केहि रकम सहयोग गर्ने बताउनुभयो ।
आर्थिक संकलन कति गर्ने भन्ने नखुलाएको तुलसीपुर उद्योग बाणिज्य संघले मानव सेवा आश्रम,बहिरा बालबालिकाहरुका लागि आवस गृह,अरणीको मैदानलाई ब्यबस्थीत,खुल्ला र सुन्दर बनाउन पनि संकलन भएको रकमबाट खर्च गरिने बताउनुभयो । बिगतमा भएका महोत्सव कस्ले सञ्चालन गर्ने भन्ने बिबाद अव भने नहुने बताएका अध्यक्ष चालिसेले तुलसीपुर उपमहानगपालिकाले मेला महोत्सव कार्यबिधि निर्माण गरी कार्यान्वयनमा ल्याई सकेको बताउनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघले यसअघि ४ वटा मेला महोत्सव संचालन गरी सकेको छ भने महोत्सव बाट संकलन भएको रकमले आफ्नै स्वामीत्वमा सभाहल र तुलसीपुर स्थीत टरिगाँउ एरर्पोटको धावन मार्ग कालो पत्र समेत गरि सकेको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी लगायत पत्रकारहरुले आ आफ्ना भनाई राख्नुभएको थियो ।

कार्यक्रममा संघका रुपबहादुर खत्रीले धन्यबाद ज्ञापन र सहजिकरण पत्रकार एवम तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *