ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

तुलसीपुर,३ फागुन

ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरले महाशिवरात्रीका अवसरमा प्रबचन तथा ध्वजारोहण कार्यक्रम सम्पन्न गरेको छ ।
बाबा लेखराजको जन्मदिनको अवसरमा प्रत्येक बर्षको शिबरात्री दिनमा दिवसको रुपमा मनाउदै आएको बिश्वबिद्यालय तुलसीपुरका प्रमुख गिता तिमिल्सीनाले जानकारी दिनुभयो । बिश्वबिद्यालयका संस्थापक बाबा लेखराजको जन्म १९३६ मा भारतमा भएको थियो । बिश्वशान्तिका लागि बिश्वभर सञ्चालनमा रहेको ईश्वरीय बिश्वबिद्यालयका संस्थापक बाबा लेखराज पछि महिलाहरुको नेतृत्व रहेको छ । महाशिवरात्रीको सन्दर्भमा आयोजित प्रवचन तथा ध्वजारोहण कार्यक्रममा प्रमुख अतिथी १९ नम्वर बाहिनीका प्रमुख सहायक रथी दिवेश रेग्मीले शान्ति बिना प्रतिफल प्राप्ती नहुने बताउनुभयो । उहाँले भन्नुभयो, तनावमा गरिने हरेक कामले राम्रो नतिजा प्राप्त हुदैन ।
कार्यक्रममा मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले नैतिक शिक्षाको लागि यस बिश्वबिद्यालय उत्कृष्ठ भएको चर्चा गर्नुभयो । सो अवसरमा बाहिनीपति सहायक रथी रेग्मीले ध्वजारोहण गर्नुभएको थियो ।
बिश्वबिद्यालय क्षेत्रीय कार्यालयका सचिव शिबलाल महतराले धर्म,ज्ञान र ब्रह्माण्डका बिषयमा प्रबचन दिनुभएको थियो ।
प्रमुख संचालिका गिता तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ब्रह्माकुमारी उर्मीला जी र सञ्चालन ब्रह्माकुमारी जिवन रश्मी हमालले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *