माघ २७

नेपाली इतिहासका एक वीर योद्धा,राष्ट्रिय विभूति बलभद्र कुँवरको स्मृतीमा मंगलबार तुलसीपुरमा जन्मजयन्ती मनाईएको छ । श्री ५ वडामहाराजाधीराज पृथ्वी नारायण शाह स्मृती प्रतिष्ठानको आयोजनमा २३८ औ जन्मजयन्तीको अवसरपारि बाल एकाडेमी स्कुल तुलसीपुरमा कार्यक्रम गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष मीनबहादुर केसीको अध्यक्षता एबम अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा बीर बलभद्रले ब्रिटिस सेना सँग लडेको युद्धको चर्चा गरिएको थियो । सिमित सैनिक, अप्रयाप्त हतियार,कम्जोर बन्दोबस्ती सामानका बाबजुत कप्तान कुवरको नेतृत्वको गोर्खाली सेनाले बिरतापूर्वक लडेको स्मरण गरिएको थियो ।
कार्यक्रममा अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत, एन प्याब्सन तुलसीपुर नगरकमिटिका अध्यक्ष सुमन केसी, प्रतिष्ठानका अध्यक्ष मीनबहादुर केसी लगायतले बीर बलभद्र कुवरको चर्चा गर्नुभएको थियो ।
कुवर नेपाल–ब्रिटिस युद्ध (सन् १८१४–१८१६) का प्रमुख नायकहरूमध्ये एक मानिनु हुन्छ । उहाँको जन्म विसं १८४५ पुस १५ गते काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा भएको थियो ।
उहाका पिता सुब्बा चन्द्रवीर कुँवर र आमा अम्बिका देवी हुनुहुन्थ्यो । उहाका हजुरबुबा सरदार जयकृष्ण कुँवर हुनुहुथ्यो भने मावली हजुरबुबा नेपाली सेनाका प्रसिद्ध वीर योद्धा अमरसिंह थापा हुनुहुन्थ्यो ।
कुँवर नेपाली सेनाको पुरानो गोरख गणमा कप्तानको पदमा कार्यरत हुनुहुन्थ्यो । नेपाल–ब्रिटिस युद्धको क्रममा उहाले नालापानी किल्लामा करिब ६०० नेपाली सैनिकको नेतृत्व गर्दै अङ्ग्रेज फौजको विरुद्ध बहादुरीपूर्वक प्रतिरोध गर्नुभएको थियो । ब्रिटिस सेनासँग लगभग आठ गुणा कम संख्यामा भए पनि नेपाली सैनिकहरूले वीरतापूर्वक युद्ध लडे। उक्त युद्धमा अङ्ग्रेज सेनालाई ठूलो क्षति भएको थियो।
यद्यपि, नेपाली सेना अन्ततः पराजित भए पनि बलभद्र कुँवरको वीरताको कदर गर्दै ब्रिटिस सेनाले ‘हाम्रा वीर शत्रु बलभद्र र उहाका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार’ भन्ने शिलालेख स्थापना गरेको थियो । ब्रिटिस फौजले नेपाली सैनिकहरूको शवलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेको इतिहास पाइन्छ ।
नालापानी गुमाएपछि बलभद्र कुँवरले दुन उपत्यकाको रक्षा गर्न प्रयास गर्नुभयो । उहाले दुन उपत्यकाभन्दा करिब आठ किलोमिटर उत्तरको उच्च स्थान खलङ्गामा किल्ला निर्माण गरी अङ्ग्रेजसँग पुनः प्रतिरोध गर्नुभयो । नेपाली सेना संख्यामा कम भए पनि उनले नेतृत्व गरेको नेपाली फौजले अत्यन्तै वीरतापूर्वक लडाइँ लड्यो। राष्ट्रिय विभूति बलभद्र कुँवरको निधन विसं १८७९ चैत २८ मा भएको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *