नेपालगञ्ज, फागुन १
फागुन २१ गते हुन लागेको प्रनितिधि सभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहित र बिश्वसनीय बनाउन निर्वाचन प्रणालीमा केही सुधार गर्नुपर्ने नागरिक समाजले सुझाब दिएको छ । नेपालगञ्जमा बिहीबार बाँक र बर्दियाका बिभिन्न सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समाजका प्रतिनिधिहरुले मतदान केन्द्रमा बाँयो मेट्रिक मेसीन जडान गर्नुपर्ने सुझाब दिएका हुन । धाँधली पूर्ण निर्वाचनलाई बाँयो मेट्रिक मेसीनले रोक्ने उनीहरुको भनाई थियो । त्यस्तै, ईलेक्ट्रीक भोटिङमेसीनबाट मतदान गर्दा मद कम बदर हुने समेत उनीहरुको भनाई छ । आधुनिक नेपालमा आधुनिक प्रबिधि मार्फत मतदान गर्ने ब्यबस्था मिलाउनुपर्ने बताएका हुन ।
मतबदर अधिकांश जेष्ठ नागरिक,अशक्त र अपाङगता भएका मतदाताबाट हुने गरेकोले मतदान गर्दा साउण्ड अर्थात आवाज आउने प्रबिधि भए आफैले मतदान गर्न सकिने दृष्टिबिहीन भावक जंग थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, मैले सोचको ब्यक्तिलाई मतदान गर्ने मेरो हुटहुटी दृष्टि नभएकै कारण सहयोगी मार्फत गरिन्छ तर उसले कसलाई मतदान गरिदियो बिश्वास नै रहेन ।
तराई मधेसमा थोरै रकम,मदीरा र खानपिनबाट मतदातालाई प्रभाबित पार्ने प्रचलन बिगत देखि भएकाले कम्तीमा १ महिना अघिदेखि मदिरा बिक्रि बितरण गर्नुपर्ने, मतदान स्थलको आसपासमा ब्यापार ब्यबसायमा केहीदिनका लागि रोक लगाउनुपर्ने समेत सुझाब बाँके र बर्दियाका नागरिक समाजका प्रतिनिधिहरुले दिएका छन् ।
निर्वाचनलाई कसको पक्षमा पार्ने भन्ने प्रभाब निर्वाचनमा खटाउने र खटिने कर्मचारीहरुको पनि अधिक हुने गरेकोले निष्पक्ष रुपमा निर्वाचन बनाउन त्यस किसीमको संयन्त्रबाट परिचालन गर्नुपर्ने सुझाब समेत दिईएको छ । लैङिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि मतदानमा लाईन लाग्दा छुटै लाईन नहुदा दुबिधा हुने गरेकोले अन्य समुह भनि लाईनको ब्यबस्था गरिनुपर्ने समेत सुझाव दिइएको छ ।
संवादमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका खरेल,नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाई, उच्च अदालत तुलसीपुर,नेपालगञ्ज ईजलास बारका अध्यक्ष पवनकुमार गुप्ता, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी,घरेलु तथा साना उद्योग महासंघका महासचिव सञ्जय थापा, नेपाल रेडक्रस सोसाईटी नेपालगञ्जका प्रतिनिधि प्रल्हाद बिक, आदीबासी जनजाती महासंघका अध्यक्ष राजन राना मगर, राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका सहसचिव टेकराज जैसी, दलित सेवा संघका अध्यक्ष कृष्ण बिक, निर्वाचन परिवेक्षक नमस्कार शाह र पदम पाण्डे, दृन्दपीडित तथा एकल महिला सञ्जालकी एकमाया बिक,अधिबक्ता लक्ष्मि नेपाल, उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम,थारुकल्याणकारी सभाका प्रतिनिधि संगीता चौधरी,पूर्व कर्मचारी अर्जुन सुबेदी,पत्रकार अर्जुन वली ,जेन्जी पुस्ता माया केवट, राहिल किघंरिया लगायतले सुझाब दिनुभएको हो । सो अवसरमा बर्दियाका सहजकर्ता एबम पत्रकार भावुक योगीले उदेश्यमाथि प्रकास पार्नुभएको थियो भने सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो । गत माघ २१ गते बुटवलमा जेन्जी पुस्ता अर्थात नव युवा र नागरिक समाजसँग यस्तै संवाद कार्यक्रम गरिएको थियो ।

