ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

सुशील बस्नेत
बबई मलै जलजला,फागुण २
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङको मध्यबर्ती क्षेत्रका नागरिकले बन्यजन्तुबाट पीडित भएको भन्दै आगामी निर्वाचनमा मतदान नगर्ने चेतावनी दिएका छन् । बबई गाँउपालिका वडा नम्वर १ का १० वढि गाँउ,बबई ७ का ११ र दङगीशरण गाँउपालिका वडा नम्वर १ का पनि १० बढि गाँउका दुई हजार बढि मतदाताले आगामी फागुण २१ गतेको निर्वाचनमा मतदान नगर्ने चेतावनी दिएका हुन । २०६५ सालमा बाँके राष्ट्रिय निुकञ्ज घोषणा हुदा निकुञ्ज ऐन अन्तर्गत दाङ जिल्लाको चुरे पहाडको ती वडा निकुञ्जको मध्यबर्ती क्षेत्रमा परेका थिए । निकुञ्ज घोषणा सँगै चितुवा,बाघ र अन्य बन्यजन्तुको संख्या बढे सँगै गाँउ बस्ती प्रबेश गर्ने मानिस माथि आक्रमण गर्ने र लगाएको बालिनालीमा क्षेति पुरयाउने क्रम बढेका कारण यस क्षेत्रका नागरिकहरु आक्रोसीत भएका हुन ।
२०६७ सालदेखि मध्यबर्ती क्षेत्र फिर्ताको माग गर्दै आन्दोलन गरेको कयौ बर्ष बिति सकेको र यस क्षेत्रबाट नेपाली काग्रेस,नेकपा एमाले र माओबादीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचीत गराई मन्त्री समेत भएका जनप्रतिनिधिले कुनैपनि सुनुवाई नगरेको उनीहरुको आरोप छ । उनीहरुले २०७० साल बैशाख १२ गते भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत गरेका छन् । तत्कालीन अबस्थामा चुरेको पानि ढलादेखि उत्तर तर्फ एक हजार मिटिर बस्ती र गौचरण राख्ने गरि चुरेको दक्षिण पानि ढला सम्म मात्र मध्यबत्र्ती लागु गर्ने निकुञ्ज बिभागमा सम्झौता सहितको सिफारीस गरिएको थियो । यदि उक्त सहमति कार्यान्वयन हुन नसक्ने हो भने मध्यवर्ती क्षेत्रमा रहको वबई गाँउपालिका वडा नम्वर १ को झण्डै ३५ बिगाह,वडा नम्वर ७ को ३२ बिगाह र दङगीशरण गाँउपालिकाको वडा नम्वर १ का लागि करिव ३० बिगाह जमिनमा बसोबास गर्ने नागरिकलाई अन्यत्र स्थान्तरण गर्न माग गरेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्न हाल बिभिन्न पार्टीका उम्मेदवारलाई अनुरोध गर्दै माग परे गर्ने प्रतिबद्धता सहित संवादका लागि आह्वान गरेका छन् ।
शनिबार मलै जलजलामा तिन वटै वडाका मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने बन्यजन्तुपीडित नागरिकहरुको ठुलो संख्यामा भेला भएको थियो । उक्त भेलाले सामुहिक रुपमा फागुण २१ गतेको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । तर मागलाई सम्बोधन गराउने सन्दर्भमा संवादमा बस्ने बताएका छन् । २००७ सालदेखि बसोबास गर्दै आएको दाङको अत्यन्त बिकट ती बस्तीमा राम्रो सडक, पिउने पानी, खोला कटान नियन्त्रणका लागि तटबन्ध, टेलिफोन र ईन्टरनेट सेवा, गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको माग गरेका छन् । रोजगारीको अबसर र राज्यको मुल प्रबाहीकरणमा त्यहाका नागरिकहरुले सेवा नपाउदा बिदेश जाने युवाको संख्या अधिक छ भने ती बस्तीबाट अन्यत्र स्थानान्तरण हुनेको संख्या पनि बढदै गएको स्थानीय बिबेक बस्नेतले बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *