पुजा गुप्ता /प्रबृत्ति शाह
तुलसीपुर,४ फागुन
आगामी निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहीत र बिश्वसनीय बनाउन नागरिक समाजको भूमिका बिषयक संवाद तुलसीपुरमा सम्पन्न भएको छ ।
संवाद समुह लुम्बिनी प्रदेशको आयोजनमा नागरिक समाज,पत्रकार,कानून ब्यबसायी, प्राध्यापक, अधिकारर्की, सिमान्कृत अल्पसंख्यक,अपाङगता भएका ब्यक्तिहरु लगायतको सहभागितामा संवाद गरिएको संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।
उक्त संवादमा सहभागि नागरिक समाजका प्रतिनिधिहरुले निर्वाचन सम्पन्न नहुदा सम्मको सुरक्षा ब्यबस्था मजबुत बनाउनुपर्ने, भोटिङ मेसीनको प्रयोगको ब्यबस्था भए बदर मतमा कमि हुने,मतदाताको अध्याबद्यिक गर्नुपर्ने, मुलधारका सञ्चार माध्यम र सामाजिक संजालबाट जित्नेलाई हराउने र हार्नेलाई जिताउने गरि मत संबेक्षण गर्ने तत्काल बन्द गर्नुपर्ने,लैङिग मैत्री निर्वाचन स्थल लगायतका सवालको ब्यबस्थापन गर्नुपर्ने सुझाब दिएका थिए ।
सो अवसरमा नागरिक समाज,दृष्टिबिही बिहीरा पत्रकार ,अपाङगता भएका ब्यक्ति,शिक्षक महासंघ,प्रेस स्वतन्त्रता सेनानी,परिबेक्षक,उच्च बार एशोसिसन,राप्ती बबई क्याम्पस तुलसीपुरका राजनीतिक शास्त्रका प्राध्यापक, ह्विलचियर प्रयोगकर्ता, कुुसुण्डा समुदाय,एन प्याब्सन, नीजि क्षेत्र अल्पसंख्यक सिमान्कृत,महिला अधिकारकर्मी,जेष्ठ नागरिकका प्रतिनिधि लगायतको सहभागिता थियो ।
संवाद समुहले सोमबार जेन्जी पुृस्ता सँग पनि संवाद गरेको छ । नवलपरासी पश्चिम,रुकुम पश्चिम, प्यूठान, जाजरकोट,सल्यान,दाङ,रोल्पा घर भएका तर दाङका बिभिन्न कलेजमा पढदै गरेका नवयुवा अर्थात जेन्जी पुस्ता संग संवाद गरिएको बरिष्ठ सहजकर्ता बस्नेतले बताउनुभयो । नवयुवा पुस्ताले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने र सर्बोच्च अदालतले यस अघि गरेको नो भेटको आदेशलाई कार्यान्वयनमा ल्याउनुपर्ने, सुरक्षा चुनौतिलाई बिशेष ध्यान दिनुपर्ने,बैचारिक बहसमा उम्मेदवारहरु हुनुपर्नेमा के्रजमा होडबाजी भईरहेको,नागरिकमाझ पुग्ने उम्मेदवारले नीति नियम बनाउने भन्दा बिकासको प्रलोभन बाढने गरेको, गाँउघरमा टाठाबाठाले प्रभाब पार्ने गरेको, उम्मेदवारहरुको पनि निश्चित योग्यताको मापदण्ड गराउनुपर्ने, जनतासँग जनप्रतिनिधि संवाद निर्वाचनको समय र अरु समयमा गराउनुपर्ने लगायतका सुझाब दिएका थिए ।
कार्यक्रममा संवादका सहजकर्ता सुष्मा गिरी र निर्मल नेपालीले बिषयबस्तुमाथि प्रकासन पार्नुभएको थियो भने सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
संवाद समुहले गत माघ २१ गते बिभिन्न ६ जिल्लाका जेन्जी पुस्ता र नागरिक समाजसँग बुटवलमा र गत माघ २९ गते बाँके र बर्दियाका जेन्जी पुस्ता र नागरिक समाज सँग यस्तै कार्यक्रम गरेको थियो । अवको केहिदिनमा उम्मेदवार,उम्मेदवारका प्रतिनिधि र निर्वाचनमा खटिने निकायसँग जेन्जी पुस्ता र नागरिक समाजबाट प्राप्त सुझाबका बारेमा र निर्वाचन आचार संहिताका बारेमा संवाद गर्ने संवाद समुह सचिवालयले जानकारी दिएको छ ।

