तुलसीपुर,५ फागुन
राष्ट्रिय समाचार समितिको ६५ औ स्थापना दिवसका अवसरमा निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकास अर्यालले स्वच्छ,निष्पक्ष,भयरहित र बिश्वसनीय निर्वाचनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । नागरिकलाई उत्साह जगाउन र निर्वाचनमा भाग लिने वातावरण बनाउने नै सञ्चार क्षेत्र भएकाले सबै सञ्चारकर्मीहरुलाई सहयोगका लागि अपिल गर्नुभयो ।
सोही अबसरमा दाङ निर्वाचन क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत चन्द्र बहादुर सिजालीले निर्वाचन आचार संहिताका बारेमा जानकारी गराउनुभएको थियो । उँहाले भन्नुभयो, सञ्चार माध्यमबाट मत सर्बेक्षण,परिणाम घोषणा पूर्व अनुमानका साथ गर्ने कार्य निर्वाचन आचार संहिता बिपरित र दण्डनीय कार्य हो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले आचार संहितालाई सबै सञ्चारकर्मीहरुले पालना गरि स्वच्छ,निष्पक्ष,भयरहीत र बिश्वसनीय निर्वाचन बनाउन आग्रह गर्नुभयो ।
मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहित र बिश्वसनीय बनाउन अपाङगता भएका ब्यक्ति,गर्भवती,सुत्केरी, जेष्ठ नागरिक, बिरामीलाई मतदान स्थल सम्मको पहँुच हुनुपर्ने सुझाब दिनुभयो । साथै अवको निर्वाचन प्रणालीमा सुधार ल्याई प्रबिधि मैत्री बनाउन सके निवार्चनमा धाधली नहुने बिचार राख्नुभयो । कर्मचारी र सञ्चार क्षेत्रबाट पनि केही गलत हर्कत हुने गरेकोले सबैको नियतलाई सफा राख्नुपर्ने बताउनुभयो । रासस दाङ शाखाका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण राससका संवादाता दिपक बोहराले गर्नुभएको थियो ।

