ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

दाङ क्षेत्र नम्वर ३ का उम्मेदवार र क्रियाशील पत्रकार बिच अन्तरक्रिया

तुलसीपुर,५ फागुन
प्रेस चौतारी नेपाल दाङको आयोजनमा मंगलबार तुलसीपुरमा नेकपा एमालेका दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभासदस्य पदका उम्मेदवार घनश्याम पाण्डेसँग क्रियाशील पत्रकारको अन्तरक्रिया भएको छ ।
पत्रकार सम्मेलन भनि आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकारहरुले सञ्चारक्षेत्रमा भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरुले सञ्चार नीति ठुला संचारसंस्था मुखि भन्दा पनि मोफसल मैत्री हुनुपर्नेमा जोड दिएका छन् । सञ्चार क्षेत्रमा कयौ समस्या रहेको उनीहरुले बताउदै संघिय संरचनामा संचार नीति बन्नुपर्ने सुझाब दिए । आम संचार प्रतिष्ठानलाई संरचनागत रुपमा स्थानीय तह सम्म गठन गर्न सके सञ्चार संस्थाको चौतर्फी बिकासमा ठुलो भूमिका खेल्ने बताएका छन् । अहिले रोजी रोजी मात्र होईन सञ्चार क्षेत्रको नैतिक आचारण पनि हराउने होकी भन्ने अबस्था सृजना भएको बताएका थिए ।
नेकपा एमालेका उम्मेदवार पाण्डेले पत्रकारहरु उठाएका सवाल र सुझाबलाई दृष्टिगत गर्दै नीति निर्माणमा आफुले भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । दाङका समस्या के के छन् र के गर्नुपर्छ भन्ने आफुलाई जानकारी रहेको उहाँले बताउनुभयो ।
चौतारीका ओपन्द्र बस्नेतको अध्यक्षतामा भएको पत्रकार भेटघाटको सहजिकरण बसन्त परियारले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *