ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

आशिष केसी

तुलसीपुर, ७ माघ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. – ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिलान्यास गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले भवनको शिलान्यास र्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मास्कीले मानवसेवा आश्रमको भवन निर्माणका लागी सबैले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो।  उहाले मानवसेवा आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारबाट पनि आवस्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. – ४ हलवार स्थित कालिकामालिका मन्दीर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माणका लागी करिब १५ करोड रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । 

कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, तुलसीपुर – ७ का वडा अध्यक्ष राम बहादुर जिसी लगायतले मन्तव्य राख्नुभएको थियो । महायज्ञ सफल बनाउन सबै एकजुट हुनुपर्ने वक्ताहरुको भनाई थियो । कार्यक्रमको संचालण मानवसेवा आश्रमका महासचिव शुशिला केसीले गर्नुभएको थियो ।

यसैबीच तुलसीपुरमा हाल भाडाको भवनबाट संचालणमा रहेको आश्रमको आफ्नै भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । आउँदो माघ १३ गतेदेखि तुलसीपुरमा सञ्चालन हुने महायज्ञ सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको छ । तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवि लगायतको सहभागीतामा विभिन्न समितिहरु गठन गरिएको हो । 

सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन थालिएको हो । महायज्ञबाट ५ करोड रकम संकलण गर्ने आयोजकको लक्ष्य छ । 

 महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ । श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचकमा भागवत् भास्कर श्रद्धेय गुरु कमलनयन गौतम हुनुहुन्छ ।

२०८२ सालसम्म नेपालाई सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने उदेश्यले २०६९ भदौ १३ गते हेटौडामा मानव सेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवाकेन्द्र सञ्चालन भएको छ । दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालनमा रहेको छ ।

 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *