दाङ,६ माघ ।
झण्डै ५ करोड रुपैया संकलन गर्ने उदेश्यका साथ दाङको तुलसीपुरमा हुन लागेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सफल बनाउन सेवाभावको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् ।
मानव स्मारक निर्मार्णका लागि महायज्ञ लगाउन लागिएको भन्दै उनीहरुले सबैको आत्मा देखि साथ र सहयोग रहे लक्ष्य राखिएको भन्दा बढी रकम संकलन हुने बताएका छ्न । आश्रम निर्माण स्थल तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बनरीमा आईतबार शिलन्यास हुनु पुर्ब प्राबिधिक टोली प्रमुख ईन्जिनियर सजिव शाक्यले शनिवार तुलसीपुरमा प्रस्तुत गरिएको गुरु योजना का बिषयमा भएको छलफल तथा सुझाव संकलनका सहभागि हरुले बिभिन्न सुझाब समेत दिएका छ्न । मानव सेवा आश्रमको आयोजनामा दाङको तुलसीपुरमा माघ १३ गतेदेखि २० गते सम्म ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको छ ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजि अधिकारी ले सबैको साथ र सहयाग मिलेमा एक महिना पछि निर्माण सुरु गरी दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो । छलफलमा वडा नम्ब्र ४ का वडा अध्यक्ष तुलसी थापाले टोलसंस्थाहरुबाट सहयोग गर्ने वातावरण बन्दै गएको बताउनु भयो । वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीले मानवीय भावमा रहेर सेवा गर्ने अवसर प्राप्त भएकाले सबैले सहयोग गर्नुपर्ने भन्नु भयो । महायज्ञ मुल आयोजक समितिका सल्लाहकार चिरञ्जीवी रिजालले मानवसेवा आश्रम सबैको गहना भएकाले यसको निर्माण, संरक्षण र स्तरोन्न्ती गर्ने जिम्मेवारी स्थानीयहरुको रहेको भन्दै सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो । सो अवसरमा इन्जिनीयर सजिव शाक्यले निर्माण हुने मावन स्मारकको भवन डिजाइनको बारेमा जानकारी गराउनु भएको थियो । करीव १५ करोडको लागतमा निर्माण सम्पन्न हुने गरी भवनको डिपिआर तयार पारिएको छ । छलफलको सहजीकरण मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले गर्नुभएको थियो ।
