बिनु वली
गणेशपुर,९ माघ
१५ औ सारङी दिवशका अवसरमा शुक्रबार सारङी प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौर गणेशपुरमा सम्पन्न भएको छ ।
गणेशपुर टोल विकास संस्थाको आयोजनमा श्रीपञ्चमीको अवसरमा सारङी दिवश मनाउने गरिएको गन्दर्व समुदायका युवा सुशील गन्दर्वले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गणेश गन्दर्वको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डे,अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत, गन्दर्व सांङगेतिक समाज तथा सारङी उत्पादन समितिका अर्जुन गन्दर्व,पोषण गन्दर्व,टोल बिकास संस्थाका सल्लाहकार सुरेन्द्र गिरी,टोल विकास संस्थाका पूर्व अध्यक्ष राम बहादुर बैरागी, स्थानीय लोकमणी गौतम,सुशील गन्दर्व लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गणेश टोलको रयालीले टोलको परिक्रममा गरि कार्यक्रम स्थलमा पञ्चेबाजका साथ कार्यक्रममा परिणत भएको थियो । त्यसअवसरमा बिभिन्न प्रकारका सारङीको प्रदर्शन गरिएको थियो ।

