पुष २९ गते
नेपाली कांग्रेसको विवाद मिलाउन मंगलबारदेखि तीन चरणमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।
सभापति शेरबहादुर देउवाको बहिर्गमन र आगामी निर्वाचनको टिकट हस्ताक्षर विषयमा सहमति हुन सकेको छैन।
विशेष महाधिवेशन पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै आज बुधबार बिहानसम्म डेडलाइन दिएको छ।
कार्यवाहक दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाँदा सबै जिम्मेवारी सुम्पिएर गएको भए पनि फर्किएपछि पुनः सक्रिए भएको विषयमा विशेष महाधिवेशन पक्षधरले आपत्ति जनाएको थियो ।
‘सभापतिले जेनजी आन्दोलनपछि उपचारका लागि विदेश जाँदा कार्यवाहक दिनुभयो। उहाँको प्रशंसा हामीले पनि गर्यौँ । बाहिर पनि भयो’ छलफलमा सहभागी अर्का नेताले भने, ‘अब भोलि बिहानसम्म टुंगिने आशा गरौँ ।’
विशेष पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेडलाइन दिएको बताइएको छ ।
त्रिपक्षीय भनिएको नेताहरुको छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाँण र रमेश लेखक सहभागी हुनुभएको थियो । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य हुनुहुन्छ । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी हुनुभएको थियो ।
विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ । सभापति देउवाको राजनीतिक बहिर्गमन, आगामी निर्वाचनका उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।
कांग्रेस नेताहरू बीच मिलेन कुरा

