तुलसीपुर,२७ मंसिर
गोर्खा माध्यामिक बिद्यालय तुलसीपुरबाट बाहिरीएका १० जना शिक्षक शिक्षीकाहरुले पत्रकार सम्मेलन गरि आफुहरुलाई स्कुलबाट जर्वजस्ती राजीनामा दिन लगाईएको बताएका छन् ।
शाबिार रिपोर्टर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि मानसिक दवाव दिई राजीनामा दिन लगाइएको आरोप लगाएका हुन ।
पत्रकार सम्मेलनमा गोर्खाका पूर्व शिक्षक कमल भण्डारीले २०६९ सालदेखि झण्डै १४ बर्ष सम्म उक्त स्कुलमा अध्यापन गराउदा एउटा शिक्षक बाट को अर्डिनेटर सम्मको जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको थियो । तर गत असोज १० का दिन स्कुलले दिएको ल्याप्टप फिर्ता माग्यो,मोवाईल सिम ब्लक गरियो भने सामाजिक सञ्जाल ह्वाटसएपको एडमिनबाट हटाईयो,र राजीनामा दिन बाध्य पारियो,भण्डारीले बताउनुभयो ।
अर्का पुर्व शिक्षक तारक रेग्मीले आफुलाई पनि उक्त बिद्यालय प्रशासनबाट जर्वजस्ती पेशा बाट हटाई अन्याय गरेको बताउनुभयो ।
नियुक्त पत्र पनि दिइएन, जर्वजस्ती गरि राजीनामा दिन लगाईयो । न्यायका लागि तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखामा समेत गुहार मागेको तर न्यायीक सुनुवाई नपाएको रेग्मीले गुनासो गर्नुभयो ।
गोर्खा स्कुलका अर्का शिक्षक मञ्जु कँडेले कक्षा कोठामा पढाउदै गर्दाको समयमा स्कुल प्रशासनबाट बोलावट भई भोलीबाट नआउनु भन्ने निर्देशन जारि गरिएको बताउनुभयो । आफुलाई श्रीमान जीले स्कुल खोल्दै गरेको भन्ने आंशका गर्दै स्कुलबाट राजीनामा दिन लगाईएको बताउनुभयो ।
तर गोर्खा स्कुलमा सामुहिक राजीनामा दिने शिक्षकहरुका लागि ढोका बन्द भई नसकेको स्कुल प्रशासनले जनाएको छ । राजीनामा दिएका शिक्षकहरुले भने आन्तरिक रुपमा स्कुल खोल्ने तयारी भईसकेको बताएका छन् ।

