मंसिर २ गते
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंलाई गयराति प्रहरीले पक्राउ गरेको छ। प्रसाईंलाई भक्तपुरस्थित घरबाट जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
गत चैत १५ गते हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाई अदालतको आदेशपछि छुटनुभएको थियो।
राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा हुनुहुन्थ्यो ।

