तुलसीपुर,२७ असोज

दलित महिलाहरुले सामाजिक न्याय प्रबर्धनमा काम गर्ने भएका छन् । दलित भएकै कारण उत्पीडनमा परेको महसुस गर्दै आएका ती महिलाहरुले आफ्नो समुदायका लागि मात्र नभई सामाजिक न्यायको बञ्चितिकरणमा परेका समुदायका लागि अभियान सञ्चालन गर्ने जनाएका हुन । दलित महिला संघ दाङले तुलसीपुरमा गत असोज २६ र २७ गते आयोजना गरिएको अगुवा अभियान्तालाई सामाजिक न्याय प्रबर्धनमा नेतृत्व बिकास तालिम समापन कार्यक्रममा राज्यको मुल प्रबाहिकरण सम्म पुग्न नसकेका समुदाय र वर्गको पक्षमा काम गर्ने बताएका हुन ।
दंगीशरण,तुलसीपुर र घोराही उपमहानगरपालिकाका बिभिन्न वडाबाट सहभागि झण्डै २५ जना अगुवा महिलाहरुले समाजमा ब्याप्त बाल बिबाह,जातिय बिभेद तथा छुवाछुत बिरुद्ध, शिक्षामा दलित तथा उत्पीडित समुदायको शिक्षामा सहज पँहुच,महिला स्वास्थ्य प्रजनन्,राज्यबाट प्राप्त हुने आर्थिक अवसरको समान पहँुच लगायतका बिषयमा अभियान सञ्चालन गर्ने र सहभागि हुने बताएका हुन ।
संस्थाका अध्यक्ष युवा कराराको अध्यक्षतामा समापन गरिएको तालिमको प्रशिक्षकमा अधिकारकर्मी द्धय सुशील बस्नेत र निर्मल नेपाली हुनुहुन्थ्यो भने समापन कार्यक्रमको सहजिकरण गंगा बि.कले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *