ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

दाङ,८ असोज

पश्चिम दाङका बिभिन्न स्थानका जोडी समुहलाई सम्बन्ध बिच्छेद न्यूनिकरण लगायतका बिषयमा सचेतना दिइएको छ ।
समाजमा वातावरणीय शिक्षा सिड संस्थाको आयोजनामा दंगीशरण गाँउपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाका झण्डै १६ जोडी समुह अर्थात श्रीमान र श्रीमतिलाई सम्बन्ध बिच्छेद न्यूनिकरणका उपायका बारेमा सचेतना दिइएको थियो । जसमा अन्तरजातिय बिबाह गरेका जोडी समुहको समेत सहभागिता रहेको थियो । घरपरिवार र समाजबाट आफूहरुले अन्तरजातिय बिबाह गर्दाको बखत देखिको अनुभव आदान प्रदान समेत गरिएको सीड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले जानकारी दिनुभयो । समाजमा ब्यापक रुपमा अन्तरजातिय बिबाह प्रति आकर्षण बढदै जानु,नेपालको कानूनमा समेत कहि कतै अबरोध नगर्ने तर अन्तरजातिय बिबाह गरे बिभिन्न किसीमका यातना,दुब्र्यबहार,मुद्धा खेप्पनु परेका जानकारी गराईएको थियो । त्यसक्रममा बाल बिबाह र लैङिक हिंसा बिरुद्ध बनेका कानूनका बारेमा सचेतना दिइएको थियो ।
सीड संस्थाका अध्यक्ष राममोति चौधरीको अध्यक्षतामा भएको एकदिने सचेतना कार्यक्रमको सहजकर्तामा संवाद समूहका बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेत रहनुभएको थियो । सीडले परियोजना मार्फत प्रत्येक बर्ष यसप्रकारको कार्यक्रम गर्दै आएको छ भने कयौ जोडिले लाभ लिएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *