पुस ५,सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्ण भएको मन्त्री शर्माले बताउनुभयो ।

उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णयसमेत गरेको छ ।

पुस ५,
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्ण भएको मन्त्री शर्माले बताउनुभयो ।

उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णयसमेत गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *