मंसिर ३०

उमेर नपुग्दै सुत्केरी हुने महिलाको संख्या गत आर्थिक बर्षमा झण्डै २ सय जना छन् ।
परिवार नियोजन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७९÷८० मा कुल संस्थागत डेलिभरीहरूमध्ये २० वर्ष भन्दा कम उमेरका डेलिभरीहरूको संख्या एक सय ९१ छ ।
जसमा बंगलाचुली गाउँ‘पालिकाका ३०, घोराही उपमहानगरपालिकाका ११, तुलसीपुर उपमहानगरपालिकाका १५, शान्तिनगर गाउँपालिकाका १४, बबई गाउँपालिकाका ३०, दंगीशरण गाउँपालिकाका १३, लमही नगरपालिकाका १०, राप्ती गाउँपालिकाका २१, गढवा गाउँपालिकाका २० र राजपुर गाउँ‘पालिकाका २७ जना २० वर्ष उमेर नपुग्दै आमा बनेका छन् । स्वास्थ्य कार्यालयमै ११ जना आमाको मृत्यु भएको रेकर्ड पनि छ ।
तीन वर्षे तथ्यांकले सेवा लिनेमा किशोर÷किशोरी तथा २५ वर्षमुनिका युवाहरु न्यून मात्रामा रहेको देखाएको छ ।
परिवार नियोजन सेवा, स्त्री रोगसम्बन्धी सेवा, एचआईभी एड्ससम्बन्धी परामर्श, गर्भसँग सम्बन्धित सेवा, सुरक्षित गर्भपतन सम्बन्धी सेवा तथा परामर्श, लैंगिक हिंसा, यौनिकतालगायतका विशिष्टकृत सेवा, यौन रोगको उपचार तथा परामर्श, बाँझोपनसम्बन्धी परामर्श तथा सेवा, पिसावजन्य रोगको परामर्श तथा सेवाका साथै साधारण स्वास्थ्य सेवा लिन आउनेमा पनि २५ वर्षमुनिका युवाहरु थोरै छन् ।

तथ्यांकअनुसार सन् २०२३ को अक्टुबरसम्मको रेकर्डले ४४ हजार चार सय ४५ ले संघको सेवा क्षेत्रबाट परिवार नियोजन सेवा लिँदा जम्मा १२ हजार चार सय ९२ मात्रै २५ वर्षमुनिका छन् । त्यसअघि २०२२ मा ५३ हजार नौ सय २५ मध्ये जम्मा १४ हजार आठ सय ९७ जना २५ वर्षमुनिका थिए । यस्तै वर्ष २०२१ मा पनि ६१ हजार पँँच सय ९४ ले परिवार नियोजन सेवा लिएकोमा १७ हजार दुई सय ७७ मात्रै २५ वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ । यस्तै स्त्री रोग सम्बन्धी परामर्श तथा सेवामा पनि २५ वर्षमुनिका युवाहरु कम छन । तीन वर्षको अन्तरालमा सेवा लिएकाको आँकडा हेर्दा वर्ष २०२१ मा २४ हजार दुई सय ३५ ले सेवा लिएकोमा जम्मा पाँच हजार पाँच सय ९७ मात्रै २५ वर्षमुनिका थिए भने वर्ष २०२२ मा ३२ हजार छ सय ३३ ले सेवा लिएकोमा पाँच हजार नौ सय ९० र वर्ष २०२३ को अक्टुबरसम्म ३७ हजार चार सय १५ ले स्त्रीरोग सम्बन्धी सेवा तथा परामर्श लिंदा छ हजार छ सय ५२ मात्रै २५ वर्षमुनिकाले सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा तथा परामर्श सेवा लिनेमा पनि युवाहरुको संख्या न्यून छ । सन् २०२३ को अक्टुबरसम्म एक हजार नौ सय छ जनाले सेवा लिएका छन् । तर २५ वर्ष मुनिका पाँच सय दुई जनामात्रै छन् । लैंगिक हिंसा, यौनिकतालगायतका विशिष्टकृत सेवा लिने युवाको संख्या पनि कम देखिएको छ । २०२३ को अक्टुबरसम्म लैंगिक हिंसा, यौनिकतालगायतका विशिष्टकृत सेवा लिने आठ हजार तीन सय दुईमा दुई हजार एक सय २२ जना २५ वर्ष भन्दा कम उमेर समूहका छन् । यौन रोगको उपचार तथा परामर्शमा पनि उस्तै छ । सोही अवधिमा ३३ हजार दुई सय तीन जनामध्ये सात हजार दुई सय आठ जना २५ वर्ष भन्दा कम उमेर समूहका छन् ।
जिल्लामा अझै पनि मनपरि गर्भपतन भइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सुरक्षित गर्भपतन सेवा लिएकाको रेकर्ड मात्रै हेर्दा पनि १० देखि १९ वर्ष उमेरका किशोरीले पनि गर्भपतन गरेको देखिन्छ । नेपाल परिवार नियोजन संघ दाङ शाखामा २०२३ को अक्टुबरसम्मको रेकर्डमा १० देखि १९ वर्ष उमेर समूहका १८ जनाले गर्भपतन गराएका छन् ।

परिवार नियोजन संघमा गर्भपतन गराउन आउनेको रेकर्ड मात्रै हेर्दा पनि सात किशोरीले औजारद्वारा र ११ किशोरीले औषधिबाट गर्भपतन गराएका छन् । २० देखि २४ वर्ष उमेरमा गर्भपतन गराउने ६७ जना छन् जसमा औजारद्वारा २६ र औषधिबाट गर्भपतन गराउने ४१ छन् । २५ वर्ष माथि उमेर समूहका गर्भपतन गराउने दुई सय ३२ मा औजारद्वारा एक सय तीन र औषधिबाट गर्भपतन गराउने एक सय २९ छन् । गत आर्थिक वर्षमा जिल्लामा २० वर्षमुनिका एक सय ८५ जनाले सुरक्षित गर्भपतन गराएको सरकारी रेकर्ड छ । जसमा १२ हप्तासम्मको मेडिकल विधिबाट ८२ जना र सर्जिकल विधिबाट ८१ गरेर एक सय ६३ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

१२ हप्तामाथिको २० वर्षमुनिकाको सुरक्षित गर्भपतन गराउने मेडिकल विधिबाट २० र सर्जिकल विधिबाट दुई गरेर २२ जनाको रहेको स्वास्थ्य कार्यालयको रेकर्ड छ । गत वर्ष २० वर्षमाथिका एक हजार नौ सय १९ जनाको सुरक्षित गर्भपतन भएको सरकारी रेकर्ड छ । १२ हप्तासम्मका मेडिकल विधिबाट नौ सय ५६ र सर्जिकल विधिबाट आठ सय ६९ गरेर एक हजार आठ सय २५ तथा १२ हप्तामाथिको मेडिकल ७६ सर्जिकल १८ गरेर ९४ जनाको सुरक्षित गर्भपतन भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *