जेठ १७

पछिल्लो ६ घण्टामा कोशी प्रदेशमा भित्रिएको मुनसुनले सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि कोशीसँगै मधेश, बागमती, कर्णाली प्रदेशलगायतका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसपालिको मनसुन दुई हप्ता छिटो अस्ति बिहीवार रातिदेखि कोशी प्रदेशबाट भित्रिएको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *