एकहजार मत गणना गर्दा खानेपानीमा काग्रेसको अग्रता कायम

By Sushil Basnet २ चैत्र २०८१, आईतवार ०१:१७ २ चैत्र २०८१, आईतवार ०१:१७ २ चैत्र २०८१, आईतवार ०१:१७

तुलसीपुर,३ चैत

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । बिहान साँढे ६ बजे सम्म एक हजार मत गणना गर्दा सम्म प्राप्त मत परिणाम अनुसार नेपाली काग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले अग्रता कायम राख्नुभएको छ । भण्डारीले ४ सय ४ ,नेकपा माओबादी र गठबन्धन समुहका अध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्यले ३ सय ३१ र नेकपा एमाले र राप्रपाका संयुक्त लोकतान्त्रिक समुहका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले २ सय ९३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै,कागे्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार नारायण प्रसाद शर्माले ३ सय ६४, नेकपा र राप्रपाका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण केसीले ३ सय ९५ र माओबादी गठनबन्धनका उपाध्यक्ष पदका उम्मेदवार दर्गा प्रसाद भण्डारीले १ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, सचिव पदमा नेकपा एमाले र राप्रपाका तर्फबाट उम्मेदवार बनेका भुवन भुषालले ३ सय ७८, नेपाली काग्रेसका उम्मेदवार रञ्जनकुमार गौतमले ३ सय ४९ र माओबादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रुद्धबहादुर वलीले १ सय २३ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्ष पदका उम्मेदवारमा नेपाली काग्रेसका भोला प्रसाद थापाले ४ सय ५८, र नेकपा एमाले र राप्रपाको तर्फबाटकी उम्मेदवार सुशीला न्यौपानेले २ सय ३१ र नेकपा माओबादी तथा गठबन्धनका उम्मेदवार कर्णबहादुर वलीले १ सय ३९ मत प्राप्त गर्नुभएको छ । मतगणना जारि रहेको छ ।
हिजो शनिबार भएको मतदानमा ७ हजार १ सय ८२ मत खसेको निर्वाचन कमिटिका संयोजक प्रदिप धितालले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *