जयेन्दु बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

By Sushil Basnet २ चैत्र २०८१, आईतवार ०१:०० २ चैत्र २०८१, आईतवार ०१:०० २ चैत्र २०८१, आईतवार ०१:००

चैत २
बाँकेको जयेन्दु बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको उक्त बालसुधार गृहमा शुक्रबार राति भएको झडपपछि प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।
एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुडा भएको थियो । शनिबार दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई मुक्त गरेको छ ।
बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही बालसुधार गृहमा गएको वर्ष पनि झडप भएको थियो । दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *