ब्रेकिङ न्युज
Sun. May 31st, 2026

१२ मंसिर । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स अध्यापन अनुमति पत्र परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।

बुधबार सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् ।
आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० ९८.८६ प्रतिशत, मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ ९७.०६ प्रतिशत, बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई ९११.३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ ९९.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ ९९.७९ प्रतिशत, कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ ९६.५२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ ९७.८९ प्रतिशत उत्तीर्ण भएका छन् ।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा अनुसार परीक्षार्थीहरुको कमजोर तयारीका कारण उतीर्ण हुनेको संख्या कम भएको छ।

परीक्षाका लागि एक लाख ७५ हजारले फारम भरेका थिए ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *