माघ १९
तुलसीपुरमा सर्वाधिक राशीको अन्तर वडा स्तरीय रनिङ सिल्ड प्रतियोगीता शनिबारदेखि तुलसीपुरमा शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्र्पोटस क्लवको सहकार्यमा तुलसीपुर स्थीत अरनीको मैदनमा फुटवल प्रतियोगीता शुरु भएको हो ।
माघ २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले गर्नुभएको हो । वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उप्रमुख स्यानी चौधरी,पूर्व नगरप्रमुख घनश्याम पाण्डे,अधिकारकर्मी सुष्मा गिरी लगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने वडाले स्तरीय समूहले २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्ने छन् । उपबिजेताले १ लाख ६६ हजार ६ सय ६६ रुपैया र कम,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगीतमा १९ वटा वडा मध्ये तुलसीपुर उपमहानगरपालिकाका १६ वटा वडा सहभागि भएका छन् ।
