तुलसीपुर,७ माघ
दाङ जिल्लाकै सर्वाधिक धनरासी पुरुस्कारको फुटवल प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा हुने भएको छ । २ लाख ६६ हजार ६ सय ६६ रुपैया र चाँदीको रनिङ शील्ड रहेको अन्तर वडा कप रनिङ शील्ड फुटवल प्रतियोगिता आगामी माघ १९ गतेदेखि २६ गते सम्म तुलसीपुर स्थीत अरनिको मैदानमा सञ्चालन हुने वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको यूथ्स अफ तुलसीपुर र मदन भण्डारी यूथ क्लव तुलसीपुरले सहकार्य गर्ने आयोजक वडा नम्वर ६ का अध्यक्ष भण्डारीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख ६६ हजार ६ सय ६६ रुपैया र चाँदीको कप,मेडल र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने समुहले १ लाख ६६ हजार ६ सय ६६ रुपैया र कप,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै, सर्वोत्कृष्ठ खेलाडी एक जनाले ८ हजार,उत्कृष्ठ गोलकीपर एक जनाले ५ हजार,सर्वाधिक गोलकर्ता एक जनाले ५ हजार,उत्कृष्ठ रक्षक एक जनाले ५ हजार,उत्कृष्ठ मध्यपंक्ति एकजनाले ५ हजार, उत्कष्ठ प्रशिक्षक एकजनाले ५ हजार र म्यान अफ द म्याच प्रतिखेलमा एक जनाले १ हजार रुपैया बिभिन्न बिधागत पुरस्कार प्राप्त गर्ने छन् । माघ १९ देखि २६ गते सम्म हुने उक्त प्रतियोगितामा कुल खर्च १६ लाख २९ हजार २ सय ८२ रुपैया खर्चको अनुमान गरिएको आयोजक वडा नम्वर ६ ले जनाएको छ । प्रतियोगितमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा समाबेश हुने छन् ।
जिल्लाकै सर्वाधिक धनरासी पुरस्कारको फुटवल प्रतियोगिता तुलसीपुरमा

