नैतिक शिक्षा अवको आबश्यकता ः अभिभावक

By Sushil Basnet १३ माघ २०८१, आईतवार ०१:४३ १३ माघ २०८१, आईतवार ०१:४३ १३ माघ २०८१, आईतवार ०१:४३

तुलसीपुर,१२ माघ
राप्ती बाल एकाडेमी तुलसीपुरको १६ औ बार्षिकउत्सव शनिबार बिबिध कार्यक्रम गरि मनाएको छ । २०६५ साल माघ ९ गते जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएको राप्ती बाल एकाडेमीले आधुनिक शिक्षाका साथै नैतिक आचारणमा जोड दिदै आएको बिद्यालयका प्राधानाध्यापक ठाकुर प्रसाद डाँगीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीले राप्ती बाल एकाडेमीबाट उत्पादन भएका बिद्यार्थीहरुले बिभिन्न पदमा नाम निकाल्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाद्र्ये, मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत,तक्याण्डो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजाल,पुर्व प्रहरी निरीक्षक रामबहादुर जिसी,मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसी,पत्रकार शरद रेग्मी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रिय कलाकार कमल गाँउले हास्यँब्यग्ङ प्रस्तुति गर्नुभएको थियो भने अर्का कलाकार गोबिन्द मधुर आचार्यले गित गाँउनुभएको थियो । भाईरल शिक्षक भनि चिन्नीने सन्तोष परियारको समेत प्रस्तुति रहेको थियो ।
बिद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षतामा भएको बार्षिकउत्सव कार्यक्रममा बिद्यालयका बिभिन्न बिधामा उत्कृष्ट,प्रथम,द्धितिय र तृतिय भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *