तुलसीपुर,१३ माघ
माध्यामिक बिद्यालय सेन्टर तुलसीपुरको ५४ औ बार्षिकउत्सव आईतबार सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिखतराम पौड्ेलको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आथित्यमा बार्षिकउत्सव सम्पन्न भएको हो ।
प्रमुख अतिथि,नगरप्रमुख खडकाले बिद्यालयलाई उत्कृष्ट बनाउन बिद्यालय परिवार भित्र अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले बिद्यालयको बार्षित्उसवलाई मेलाको रुपमा नलिई शैक्षिक गतिबिधीको समिक्षा गर्ने दिनको रुपमा लिनुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रेस स्वतन्त्र सेनानी टिकाराम रेग्मी,मानव अधिकारकर्मी एव पत्रकार सुशील बस्नेत,मेट्रो कलेजका प्रमुख बसन्त बिबस आचार्य,जनश्रम माबिका प्रधानाध्यापक माधव भट्टराई,पूर्व हापुरेका प्रधानाध्यापक जीतबहादुर खत्री,तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मनबहादुर खड्का,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का कार्यबाहक अध्यक्ष यमुना परियार,माबि सेन्टर तुलसीपुर ब्यबस्थापन समितिका सदस्य सुरेश रावत,अभिभावक केपी भण्डारी,समाजसेवि बिनोद शर्मा,उक्त बिद्यालयका पूर्व शिक्षक सुर्यप्रसाद पौड्ेल,छात्रा मनिषा वली र छात्र राजु बिक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा बिभिन्न जातजातिको सांस्कृति झल्कने नृत्य तथा गित प्रस्तुत गरिएका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षक शिक्षीका र बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक भोला पौडे्ल र शिक्षीका मेनका आचार्यले गर्नुभएको थियो । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको छ ।
२०२ सालमा प्राथमिक बिद्यालयका रुपमा स्थापना भएको माध्यामिक बिद्यालय सेन्टर तुलसीपुर २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको हो ।
शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसका अवसरमा तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार प्रदान गरेको थियो । सामुदायिकतर्फ काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । यस्तै, दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयले १ लाख नगद पुरस्कार प्राप्त गरेको थियो भने निजी विद्यालयतर्फ टोखाको फलोसेन्ट मावि प्रथम भएको छ भने विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको हो ।
विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *